१२ माघ, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजको मधेश प्रदेशको अधिवेशनशन १३ गते माघ बर्दिबासमा सम्पन्न हुने भएको छ ।
बर्दिबासको उद्योगबाणिज्य महासंघको कार्यक्रम हलमा प्रथम अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्लाका कौण्डिन्य गोत्रीय बन्धुहरु आचार्य, न्यौपाने, पराजुली, साप्कोटा, बाँकोटा, बन्जारा, लकाईँ खड्का, प्याकुरेल, गैरे, त्रिताल, पनेरुलगायतलाई निम्ता गरिएको मधेश प्रदेशका कौण्डिन्य गोत्रीय महासमाजका संयोजक सन्तोषहरी न्यौपानेले जानकारी दिएका छन् ।
केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको ऊक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष नारायण प्रसाद न्यौपाने, पारजुली समाज नेपालका केन्द्र्रीय अध्यक्ष विश्वम्भरकृष्ण पराजुली, महासचिव जयराम पराजुली, पुर्व साँसद शोभाकर पराजुली लगायतको बिशिष्ट आतिथ्यता हुने महासमाजले जनाएको छ ।
बर्दिबासमा सम्पन्न हुने भनिएको महासमाजको कार्यक्रम बिहान १० बजे हुने, न्यौपाने, पराजुली र आचार्य समाजकासमेत मधेश अधिवेशनसमेत हुने सम्बन्धीत समाजले बताएका छन् ।
महासमाजले मधेश प्रदेशमा सम्पन्न हुन लागेको कौण्डिन्य गोत्रीय महासमाज अधिवेशनका लागि संसोजक सन्तोषहरी न्यौपाने (९८५११९०१०१), दिपेन्द्र पराजुली (९८५४०२७२१३), बिमल आचार्य (९८५४०३०२२५)लाई सम्पर्क गर्न महाधिवेशन समितिसमेत बनाएको थियो । अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको र उक्त अधिवेशनमा सकेसम्म सबैलाई उपस्थित भएर कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो भूमिका खेल्न केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जारा र महासचिव बिष्णु प्रसाद बाँस्कोटाले बताएका छन् । अध्यक्ष बन्जाराले उपाध्यक्ष र कोषाध्यक्षलाई अधिवेशन सम्पन्न गर्न प्रतिनिधि तोकएकोसमेत जानकारी दिएका छन् ।