कर्णाली प्रदेश

कर्णाली सरकारको प्रगति निराशाजनकः नेता कँडेल

१४ माघ, कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको आरोप लगाएका छन् ।

आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले विकासप्रति जनताको तीव्र आकाङ्क्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको टिप्पणी गरे ।

नेता कँडेलले भने, “ योजना निर्माणमा हुने भ्रष्टाचार, अपारदर्शिता, अनियमितालाई चिर्न सरकारले ध्यान दिनुपर्छ ।” गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पले रुकुमपश्चिम र सल्यानमा समेत क्षति पु¥याउँदा पीडितहरुको राहत तथा पुनःस्थापना सरकारले गर्न नसकेको जिकिर गर्दै उनले प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, सुशासन, पारदर्शिता, विकास र कर्णालीको समृद्धिका सवालमा पटकपटक घच्घच्याउने गरे पनि नसुनेको गुनासो गरे ।