खेलकुद

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

१५ माघ, पोखरा । पोखरारङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि जावलाखेल पेनाल्टीमा विजयी बनेको हो ।

जावलाखेलले समिफाइनमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई २–० गोल हराउँदै थ्रि स्टार क्लबले समिफाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताअन्तर्गत मङ्गलबार चर्च ब्वाइज र नेपाल पुलिस क्लबले अन्तिम क्वाटरफाइनल खेल खेल्नेछन् ।

यसअघि आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक बिजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।

मङ्गलबार हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेतासँग आर्मीले सेमिफाइनल खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।