आर्थिक

दोस्रो एओजी नाइट राइड सम्पन्न

१६ माघ, काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम, विक्रम पौडेल ज्यूद्वारा गरिएको थियो ।

२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो ।

ओभरनाइट राइडको बारे बोल्दै डा. दिपक कुमारले भने, “यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।“

कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठ द्वारा (होस्ट/अभिनेता/भिजे) विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । रेमन दास श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहनु भएको थियो । राइडका क्रममा उहाँले बाइकको प्रदर्शन र यसको लुक मनपरेको बताए ।