मनोरञ्जन

लघुकथासङ्ग्रह ‘अन्त्यहीन परिधि’ र ‘दृष्टि’ सार्वजनिक

२० माघ, काठमाडौँ । इन्दिरा चापागाईँद्वारा लिखित ‘अन्त्यहीन परिधि’ र रुद्र अधिकारी ‘निर्दोषी’द्वारा लिखित ‘दृष्टि’ लघुकथासङ्ग्रह एकसाथ सार्वजनिक भएका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच साहित्यकार मोहनबहादुर कायस्थले ती दुवै कृति विमोचन गरे । हाम्रो लघुकथा केन्द्रले प्रकाशन गरेको दुबै लघुकथासङ्ग्रहको मूल्य प्रतिकृति दुई सय रहेको छ ।

सो अवसरमा साहित्यकार कायस्थले लघुकथाको गरिमा र महत्वलाई दृष्टिगत गर्दै स्तरीय कृतिहरू प्रकाशन हुनुपर्ने बताए । उनले गुणस्तरीय लघुकथा लेखनका लागि गहिरो खोज तथा अध्ययन जरुरी भएको उल्लेख गरे । “युवादेखि ज्येष्ठ नागरिकले समेत धेरै लघुकथा लखेका छन् ., किनकि लघुकथाले आभाष दिने हो, अनुभुति, आवाज, तर्क र ध्वनि दिने हो, त्यसैले धेरै लामो लेखाइ चाहिँदैन ।”

लेखक इन्दिरा चपागाईँले लघुकथामा देखे–भोगेका सामाजिक आर्थिक, राजनीतिकलगायत विषयवस्तु र समसामयिक परिवेशलाई आधार मानेर लेखिएको बताए । लेखक रुद्र अधिकारीले भाषा र संस्कृतिको जगेर्ना होस् भन्ने हेतुले विदेशको व्यस्तताका बीच केही देखे–भोगेका कुरालाई कृतिका रूपमा उतारेको उल्लेख गरे । कार्यक्रममा डा हरिप्रसाद भण्डारी, लक्ष्मीप्रसाद दाहाल, मनिषकुमार शर्मा, वैकुन्ठ साहित्यकार ध्रुव मधिकर्मीलगायतको उपस्थिति थियो ।