समाचार

त्रिताल समाजको केन्द्रीय अध्यक्षमा पुर्वसचिव शारदा प्रसाद, यस्तो बन्यो ११ सदस्यीय कार्यसमिति

१४ माघ, काठमाडौं । कौण्डिन्य गोत्रीय त्रितालहरुको आजको काठमाडौं भेलाले पुर्व सचिव शारदा प्रसाद त्रितालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

कौण्डिन्य गोत्रीय महामाजका केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा शेखर त्रिताल, महासचिवमा नोदनाथ त्रिताल, सचिवमा नविन त्रिताल, कोषाध्यक्षमा लोमणि त्रिताललाई चयन गरेको छ ।


यसैगरी सदस्यहरुमा शर्मिला भण्डारी त्रिताल, कमल त्रिताल, योगराज त्रिताल, रविन्द्र त्रिताल, ठाकुर त्रिताल, विमल त्रिताल, विनोद त्रिताल, खुमादेवी त्रिताल चयन भएका छन् ।


बिधान निर्माण गर्ने संमितिको संयोजकमा ठाकुल त्रिताल चयन भएका छन् भने सदस्यमा नविन त्रिताल र विमल त्रिताल रहेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयलगायतमा दर्ता गरी त्रिताल समाजलाई बैधानिकता दिने सम्पूर्ण जिम्मेवारी अध्यक्ष शारदा प्रसाद त्रिताललाई जिम्मेवारी दिएको छ ।


कार्यक्रममा नवगठीत त्रिताल समाजका केन्द्रीय अध्यक्ष शारदा प्रसाद त्रितालले समाजलाई आवश्यक्ता अनुसार ७ वटै प्रादेश तथा जिल्ला र स्थानीय तहसम्म विस्तार गर्दै लगिने बताए ।

प्रमुख अतिथी रहेका कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यले त्रिताल समाज गठन भएको धन्यबाद दिँदै राम्रो नेतृत्व आएकोमा आफुलाई खुशी लागेको भन्दै गैरराजनीतिक ढंगले समाज अगाडी बढाउन नवगठीत कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्नेमा आफुलाई विश्वास लागेको बताए । उनले कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।