आर्थिक

कास्कीमा हाइड्रोपावार डेभलपमेन्टको साधारण शेयर निष्काशन सम्झौता

२४ माघ, कास्की । कास्कीको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि शेयर निष्काशन सम्झौता गरेको छ ।

जिल्लाको माछापुच्छ्रे, गाउँपालीकामा ३२ मेघा वाट क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको गरिने १ सय अकिंत दरको साधारण शेयर ५१ लाख कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न एल एस क्यािपटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको हो ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच कम्पनीको करर्पाेरेट कार्यालय कुपन्डोल, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।

जारी पूँजी २ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।