सामाजिक सञ्जाल

ज्ञानेन्द्र शाहीले भनेः नयाँहरुलाई टुटाउने–फुटाउने देख्दा मलाई हाँसो लाग्छ

२१ माघ, काठमाडौं । राप्रपाका साँसद ज्ञानेन्द्र शाहीले नयाँ पार्टीहरुलाई एक जुट हुन आह्वान गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै मलाई हाँसो लाग्छ कसरी नयाँहरुलाई टुटाउने–फुटाउने रणनीति बनाएको देख्दा यदि नयाँहरुलाई कमजोर बनाईएन भने केही–केहीलाई आफुले लुट्दै आएको राज्य सतामा लुटमच्चाउन पाईदैन भन्ने डर छ भनेका छन् ।

उनले त्यसैले तपाईंको पार्टी के हो आस्था केहो सबै आफ्नो–अफ्नो ठाँउमा ठिक छ तर हामी एकजुट हुनु सिवाय अर्को बिकल्प छैन, त्यसैले हामी एकजुट बनौ भनेका छन् ।

उनले भनेका छन्,

‘‘मलाई हाँसो लाग्छ कसरी नयाँहरुलाई टुटाउने–फुटाउने रणनीति बनाएको देख्दा यदि नयाँहरुलाई कमजोर बनाईएन भने केही–केहीलाई आफुले लुट्दै आएको राज्य सतामा लुटमच्चाउन पाईदैन भन्ने डर छ । त्यसैले तपाईंको पार्टी के हो आस्था केहो सबै आफ्नो–अफ्नो ठाँउमा ठिक छ तर हामी एकजुट हुनु सिवाय अर्को बिकल्प छैन । त्यसैले हामी एकजुट बनौ ।’’