राजनीति

सर्बसाधारणको मागः अख्तियारले बयान लिएपछि स्वास्थ्य मन्त्री बस्नेतले तत्काल राजीनामा दिनुपर्छ, एक मिनटपनि पदमा बस्नुहुन्न

२५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई आज टेरामक्स खरीदमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुपयोग अनुसंधान आयोगले बयान लिएको समाचार छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेतासमेत रहेका मन्त्री बस्नेतलाई पटक पटक बोलाउँदा समेत अख्तियारमा बयान दिन नआएको भन्दै आलोचना भएको अवस्थामा आज अपरान्ह अख्तियारमा गएर बयान दिएको समाचार आएको छ ।
सिन्धुपाल्चौकबाट निर्बाचित भएर मन्त्री बनेका बस्नेतले नैतिकताका आधारमा तत्काल स्वास्थ्य मन्त्री र साँसदबाट राजीनामा दिनुपर्ने सर्बत्र माग हुन थालेको छ । समामाजिक सञ्जाललगायतमा नेपालको इतिहासमा पहिलोपटक बहालवाला मन्त्रीलाई भ्रष्टाचार काण्डमा अख्तियारले बयान लिएको र उक्त बयान दिनुभन्दा अगाडी नै राजीनामा दिएर जानुपर्ने भएपनि मन्त्री बस्नेतले नैतिकता देखाउन नसकेपनि अझै राजीनामा दिए नैतिकता बच्ने सर्बसाधारणले बताएका छन् । केहीले भने राजीनामा नदिए शुसासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री बस्नेतलाई निलम्बन गर्नुपर्ने बताएका छन् । जय प्रसाद गुप्तालाई सञ्जारमन्त्री हुँदैखेरी भ्रष्टाचारको अभियोगमा पक्राउ गरिएको थियो भने गोकुल बाँस्कोटाले पनि ७० करोडको काण्ड लागेपछि तत्काल राजिनामा दिएर नैतिकता देखिएका थिए । नेपाली काग्रेसका अर्का केन्द्रीय सदस्य तथा पुर्व मन्त्री ज्ञानेन्द्र कार्कीलाई पनि अख्तियार दुरुपयोग अनुसंधान आयोगले बयान लिन खोजेपनि उनी समपर्कमा नआएको बताएको थियो । नेता कार्कीले आफु उपस्थित नभएको भन्ने कुरा गलत भएको बताईरहेका छन् । मन्त्री बस्नेत र पुर्वमन्त्री कार्की टेरामक्समा अनुसंधान भइरहेका उच्च अधिकारी हुन्। सर्बसाधारणले एक मिनट पनि साँसद र मन्त्री दुबैमा मोहन बस्नेतले बस्न नहुने तर्क गरेका छन् ।