पर्यटन/संस्कृति

पुराण उद्घाटन गर्दै अध्यक्ष आचार्यको अह्वानः पनौतीमा धार्मिक एकताका लागि लगाईएको पुराणमा तन, मन र धनले सहयोग गरौं

१८ कात्तिक, बनेपा । आचार्य बन्धु सर्बब्यापी समाजले आजबाट सप्ताह पुराणको शुभारम्भ गरेको छ । आज पानौतीको रातमाटास्थीत आचार्य समाजद्वारा निर्मित बिन्ध्यबासिनि मन्दीरमा आयोजना गर्न लागिएको सप्ताह पुराणको आज शुभारम्भ गरेको हो ।
पुराणको शुभारम्भ आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले गरेका थिए । पुराण कार्यक्रम रातमाटास्थीत मन्दीरबाट त्रिवेणीसम्म ३ किलोमिटरको हाराहारीमा पाँच सयभन्दा बढी आचार्यलगायत गाउँलेहरुको सहभागीतामा कलश यात्रा गर्दै शुभारम्भ भएको थियो । कलश यात्रामा आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष एवम् कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय उपाध्यक्ष प्रमुख अथिती बाबुराम आचार्य, बिशिष्ट अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, कौण्डिन्य गोत्रीय महासमाजका केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जारा, ज्यो.दिनेश आचार्य, वडा नम्बर ६ का वडाध्यक्ष भीम आचार्य, स्वामी नि शेषानन्दलगायत बिशिष्ट ब्यक्तीत्वहरु संगसँगै गएका थिए ।
कलशयात्राबाटै पनौतीको त्रिवेणी धाममा बस्ने पंडीतद्वारा बाचन गराईने पुराणमा पंडीत भट्टराईलाई भब्य स्वागतसहित पुराणस्थलमा ल्याईएको थियो । कार्यक्रममा प्रमुख अतिथी आचार्यले उद्घाटन गर्दै मन्तब्य दिने क्रममा पुराणले धार्मिक एकता कायम गर्ने भन्दै धर्मको रक्षा गर्नलगायतका लागि पनि पुराण लगाउनु राम्रो हुने प्रमुख अतिथी आचार्यले बताएका थिए । प्रमुख अतिथी आचार्यले पुराणमा तन, मन र धनले सहयोग गर्न आम गाउँलेलाई आह्वान गर्दै छोटो समयमा जग्गा र मन्दीर बनाएर आचार्य समाज पनौतीले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

हिरालाल आचार्य(साधुराम)को अध्यक्षता रहेको आचार्य बन्धु सर्बब्यापी समाजको सचिव केदार आचार्य तथा कोषाध्यक्ष गौर आचार्य रहेका छन् । यस्तै सम्पर्क समितिको तर्फबाट मोहन आचार्य अध्यक्ष तथा प्रल्हाद आचार्य सचिवलगायत पुराणका खटिएका छन् । युवाबाट भीम प्रसाद आचार्यले संयोज गर्दै पुराण कार्यक्रम सफल बनाउन खटिएका छन् । फागुन २ गतेदेखी ७ दिन पुराण सुन्न आउन अध्यक्ष हिरालाल आचार्यले सबैलाई आह्वान गरेका छन् ।

तस्विरहरु: