समाचार

आचार्यहरुको बनभोज कार्यक्रम फागुन २६ गते पर्यटकीय स्थल चोभारमा गर्ने निर्णय, भब्य हुने संकेत

२ फागुन, काठमाडौं । आचार्य बन्धु समाज नेपालले यस बर्षको बनभोज कार्यक्रम फागुन २६ गतेलाई सम्पन्न गर्ने भएको छ । केहीदिन अगाडी सम्पन्न केन्द्रीय समिति बैठकले निर्णय गरेअनुसार यही फागुन २६ गते बनभानेज गर्ने तय भएको हो ।


समाजका काठमाडौं जिल्ला सचिव तेज आचार्य (९८५१०६६९५६), बागमती प्रदेश महासचिव अधिवक्ता लक्ष्मण आचार्य (९८५१०५१७६३), केन्द्रीय सदस्य एबम् प्रवक्ता रामहरी आचार्य (९८५१२४०३०७), केन्द्रीय महासचिव शुभनराज आचार्य (९८५१०६८०३२), केन्द्रीय अध्यक्ष बाबुराम आचार्य (९८५१०२७२८३) आज केहीबेर अगाडी बनभोजस्थल चोभार गएर बनभोज स्थलको लागि फिक्स गरेका छन् ।


आज बसेको पुराण महायज्ञको बिषयको छलफल, आचार्य लेखिएको जुत्ता तथा बनभोजको बिषयमा अन्तिम निर्णय गर्ने सनराईज रेष्टुरेण्ट एण्ड पार्टी प्यालेशको बैठक पश्चात समाजका केन्द्रीय अध्यक्षसहितको टोली साढे सात बजे देशकै प्रशिद्ध पर्यटकीय स्थलसमेत रहेको चोभार डाँडामा कौण्डिन्य गोत्रीय आचार्यहरुको बनभोज कार्यक्रम गर्ने फिक्स भएको हो ।


आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशका महासचिव अधिवक्ता लक्ष्मण आचार्यले सबैलाई बनभोजमा सकृय सहभागीता जनाउन सार्बजिक आह्वान गरेका छन् । बनभोज कार्यक्रममा सहभागी हुन प्रति ब्यक्त एक हजार पाँच सय तोकिएको बागमति प्रदेशका महासचिव अधिवक्ता लक्ष्माण आचार्यले जानकारी दिए । उनले केन्द्र, प्रदेश, जिल्ला तथा बिभागहरुसँग कुपनका लागि सम्पर्क गर्न सकिने जानकारी दिए । बनभोज कार्यक्रम सभ्य र भब्य हुने केन्द्री महासचिव शुभनराज आचार्यको बनाई छ ।

काठमाडौं जिल्ला सचिव तेज आचार्यले ५ सय भन्दा बढी कौडिन्य गोत्रीय आचार्यहरुको उपस्थितिमा बनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने बताए । केन्द्रीय सदस्य एवम् प्रवक्ता रामहरी आचार्यले कबाठमाडौंका तिनवटै जिल्लाका वडा वडामा सबैलाई जानकारी दिन समाज लागि पर्ने भन्दै यस बर्षको आचार्यहरुको बनभोज सबै हिसावले सफल हुने बताए ।
केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बनभोजले आचार्यहरुलाई पारिवारिक रुपमा एकताबद्ध बनाउने हुँदा राम्रो कार्यक्रम भएकोले सबैले सफल बनाउनज लागि पर्नुपर्ने बताए ।