बीमा

यूनाइटेड अजोड इन्स्योरेन्सकोे ३०औं वार्षिक साधारण सभा सम्पन्न

७ फागुन, काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३ औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) हिजो आईतबार सम्पन्न भएको छ ।

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा श्री यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट १४ जेठ गतेबाट एकीकृत कारोबार भएको थियो ।

मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४लाख ६८ हजार कायम भएको थियो । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो ।

आर्थिक वर्ष २०८०.८१ का लागी बाह्य लेखापरीक्षक जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरियो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम करोड ५४ लाख ३२ हजार र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम १ करोड २ लाख ८५ हजार ८ सय ९४ र चौहत्तर पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरियो ।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरियो । साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भए ।