समाचार

तेस्रो अधिवेशन सम्पन्नः कौण्डिन्य गोत्रीय महासंघको केन्द्रीय अध्यक्षमा बाबुराम आचार्य निर्बाचित

७ फागुन, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजको आज सम्पन्न तेस्रो अधिवेशनले केन्द्रीय अध्यक्षमा बाबुराम आचार्य सर्बसम्मत रुपमा निर्बाचित भएका छन् । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्य यसअघि महासमाजको केन्द्रीय उपाध्यक्ष एबम् प्रवक्ता थिए ।
यसरीगरी उपाध्यक्षमा बरिष्ठ अधिवक्ता बिष्णु प्रसाद कास्कोटा, महासचिवमा नारायण प्रसाद न्यौपाने, सचिवमा तारा बन्जाडे तथा कोषाध्यक्षमा जयराम पराजुली निर्बाचित भएका छन् । यसैगरी निर्बाचित हुने सदस्यहरुमा सारदा प्रसाद त्रिताल, ठाकुर प्र. साप्कोटा, हरि प्र. सत्याल, जनक खड्का, राजन प्याकुरेल, नुमाकान्त पाठक, सुन्दर गैह्रे निर्बाचित भएका छन् ।
आज सम्पन्न काठमाडौं बानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेशमा सम्पन्न तेस्रो साधारण सभामा संबिधान सभाका पुर्व सभासद डा शोभाकर पराजुलीको प्रमुअ अतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व अर्जुन प्रसाद बञ्जाराले गरेका थिए ।
निर्बाचन अधिकृत अर्जुन बाँस्कोटार लक्ष्मण आचार्यले कार्यसमितिको नामावली आन्तरीक सहमतीक आधारमा छुट्याएर सुनाएका थिए । सातै प्रदेशका सभापति, महासचिव वा प्रतिनिधि सहभागी अधिवेशन भब्य रुपमा सम्पन्न गरिएको निबर्तमान अध्यक्ष अर्जुन प्रसाद बञ्जाराले जानकारी दिए ।