समाचार

आचार्य समाजको ‘चोभार बनभोज’मा एक हजारको उपस्थिति हुने दाबी, दुई सयले काटिसके कुपन

९ फाुगन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको बनभोज कार्यक्रम आउन १७ दिन बाँकी रहेको छ । यही पागुन २६ गते शनिबार चोभारमा सम्पन्न हुने भनिएको बनभोज केही बर्षको अन्तरालमा सम्पन्न हुन लागेको हो ।
आज बनभोज कार्यक्रमको कुपन छापिएको काठमाडौं जिल्ला सचिव तेज प्रसाद आचार्यले जानकारी दिए । प्रति ब्यक्ती एक हजार पाँच सय आचार्य बन्धु समाज नेपालका लागि सहयोगागार्थ रकम लाग्ने र उक्त रकम तिरेपछि सबैलाई अनिवार्य रुपमा आधिकारिक छाप लगाईएको, नम्बर भएको कुपन लिन सचिव आचार्यले आग्रह गरेका छन् । केही दिन अगाडी स्पोट बुकिङ्ग भएपछि समाजबाट दुई सय भन्दा बढी आचार्यहरुले बनभोजमा सहभागी हुन बुकिङ गरिसक्नुभएको जिल्ला सचिव तेजप्रसाद आचार्यले थपे ।

काठमाडौंको पर्यटकीय नगरी चोभारस्थीत भैरवको मन्दीर प्रांगणमा गर्न लागिएको बनभोजमा एक हजार भन्दा बढी आचार्यहरुको उपस्थिति हुने अनुमान गरिएको बागमती प्रेदेश महासचिव अधिवक्ता लक्ष्मण आचार्यले दाबी गरेका छन् ।


समाजका केन्द्रीय महासचिव शुभनराज आचार्यले बनभोज कार्यक्रममा काठमाडौंमा अनुकुल हुने सम्पूर्ण कौण्डिन्य गोत्रीय आचार्य बन्धुहरु, छोरीहरु, ज्वाईँहरुलाई सहभागी हुन आग्रह गरिएको भन्दै काठमाडौ, ललितपुर भक्तपुर जिल्ला समिति तथा काठमाडौं उपत्यकाका सबै महानगर, उपमहानगर, नगर तथा पालीका, वडाका समितिहरुमासमेत सम्पर्क गर्न सकिने जानकारी दिए ।


फागुन १९ गते गर्ने निर्णय गरेको भएपनि आचार्यहरुको गणका रुपमा रहेको खोटाङको दिक्तेलमा हुने भनिएको १७ गतेको कुल पुजाका कारण फागुन २६ गते सारिएको र उक्त दिन भब्य रुपमा सम्पन्न हुने समाजका प्रवक्ता रामहरी आचार्यले बताए ।

बनभोज कार्यक्रमको क्याटरिङ ब्यवस्थापन समाजका केन्द्रीय सदस्य एबम् कृष्णभोग पार्टी प्यालेस बानेश्वरका संचालक एकराज आचार्यले गर्नेछन् भने बनभोज कार्यक्रमको दिनको साईत आचार्य समाज झापाका अध्यक्ष ज्यो.पं. दिनेश आचार्यले हेरेका थिए । देशभरका कुनैपनि आदरणीय बन्धुहरुलाई बनभोज कार्यक्रममा सहभागी हुनबाट बञ्चित नभए गर्व गरिने प्रवक्ता रामहरी आचार्यले बताए ।
समाजले प्ररम्भीक रुपमा सम्पर्क गर्न सकिनेमा बाबुराम आचार्य(९८५१०२७२८३), तेज प्रसाद आचार्य(९८५१०६६९५६), शुभनराज आचार्य(९८५१०६८०३२), रामहरी आचार्य(९८५१२४०३०७), लक्ष्मण आचार्य(९८५१०५१७६३), सुदीप आचार्य(९८५१०९१९९५), सुमन आचार्य(९८५१०२७१७८), गायत्री आचार्य(९८४१७४१६२३), कमलादवेवी आचार्य(९८४२०७१४१६) सम्पर्क नम्बरहरु सार्बजनिक गरेको छ ।

समाज बारे थप हेर्नुपरेमा वेवसाईट www.acharyasamaj.org मा हेर्न सकिने समाजले बताएको छ ।