समाचार

स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल नेपाल निवासमा

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर पुगेका छन् ।

केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहनुभएका अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले कोटेश्वर निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका थिए ।