समाचार

आचार्य समाजको बनभोज कार्यक्रमको अन्तिम तयारी पुरा, शनिबार चोभार आचार्यमय हुने दाबी

२५ फागुन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको बृहत बनभोज कार्यक्रमको अन्तिम तयारी सम्पन्न भएको छ ।
फागु २६ गते चोभारको स्पट नम्बर १ मा सम्पन्न हुने बनभोज कार्यक्रमका लागि भक्तपुरको सल्लाघारीबाट बस छुट्ने र अर्को बस नयाँ बानेश्वर पानी ट्याँकीअगाडीबाट छुट्ने बताईएको छ । नयाँ बानेश्वरबाट माइतीघर, थापाथली, कालीमाटी, बल्खु हुँदै चोभारका लागि छुट्ने बसको संयोजन महासचिव शुभनराज आचार्य (९८५१०६८०३२) र प्रवक्ता रामहरी आार्य(९८५१२४०३०७)ले गर्नेछन् भने सल्लाघारी, गठ्ठाघर, लोकन्थली, जडिबुटी कोटेश्वर सातदोबाटो, बल्खु हुँदै चोभार जाने बसको संयोजन तेज बहादुर आचार्य(९८४२६५७२३०), यदु आचार्य(९८५२८४९३६९) ले गर्नेछन् । सल्लाघारीबाट छुट्ने बस नवा ३ ख ४७३६ नम्बरको बसको गुरुजी अर्जुन (९८२८८४२५१७) रहेका छन् । यस्तै नयाँ बनेश्वरबाट छुट्ने बसको ९७४९८४३८३८ नबा३ख २६८७ गुरुजी रघु रहेको समाजका सचिव तेज आचार्यले जानकारी दिए ।
पुर्वमुख्यमन्त्री भीम आचार्य, निबर्तमान समाज कल्याण मन्त्री सुरेन्द्र राज आचार्य, नेता मधु आचार्य, पत्रकार महासँघका पुर्व अध्यक्ष डा शुरेस आचार्य, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलगायत बिशिष्ट ब्यक्तीहरुको उल्लेख्य उपस्थिति रहने काठमाडौं जिल्ल सचिव तेज आचार्यले बताए ।
बानगती प्रदेश महासचिव लक्ष्मण आचार्यले कुपन नकाट्नुभएको कौडिन्य गोत्रीय आचार्यहरुलाई बनभोज स्थलमा नै कुपन काट्न सकिने बयवस्था भएको बताए । उनले फागुन २६ गते शनिबार काठमाडौंको चोभार कौडिन्य गोत्रीय आचार्यमय हुने दाबी गरेका छन् ।
केन्द्रीय महासचिव शुभनराज आचार्यले सबै संरक्षक सदस्य, सल्लाहकार, बिशिष्ट सदस्य, आजीवन सदस्य, साधारण सदस्य, स्थानीय, जिल्ला, प्रदेश, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बनभोज कार्यक्रममा उपस्थितिका लागि अनिवार्य गरिएको र पुर्व कार्यसमिति सदस्यहरुलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिए । महासचिव शुभनराजले बनभोज कायक्रममा कुनै पनि बन्धुहरुलाई सम्माजनक रुपमा प्रश्तुत भई लाग्न आग्रह गरेका छन् ।

क्याटरिङको ब्यवस्थापन कृष्णभोग पार्टी प्यालेशले लिएको, भेज तथा जुठो बार्नुभएको तथा ब्रतालु बन्धुहरुलाई पनि खानेकुराको बिशेष बयबस्था भएको प्रवक्ता रामहरी आचार्यले बताए । समाजका अध्यक्ष बाबुराम आचार्यले बनभोज सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट लागि पर्न आग्रह गरे । उनले बिशिष्ट तथा सबै आचार्यहरुलाई निम्ता गरिएको र निम्ता नपुगेमा आफ्नै आयोजनामा कार्यक्रम भएको भन्ने सम्झदै कार्यक्रममा उपस्थिति हुन आग्रह गरे । समाजको आज बसेको बैठकले नारी, शैनिक र शिवरात्रीमा बिश्वभर बस्ने नारीहरु, राष्ट्रसेवा गर्ने शैनिक तथा हिन्दुधर्मालम्बीहरुलाई शुभकामनासमेत दिएका छन् ।

समाजले भनेको छः
१. एउटा बस्ः २६ गते बनभोजका लागि बस लाग्ने स्थानहरु बिहान ठीक ७ बजे सल्लाघारीदेखी गठ्ठाघर, बालकोट लोकन्थली, जडिबुटी, केटेश्वर ग्वार्को, सातदोबाटो, सानेपा, बल्खु हुंदै चोभार
२. अर्को बसः बिहान ७.३० बजे नयां बानेश्वर पानीट्यांकी अगाडीबाट नयां बानेश्वर, माईतीघर, थापाथली, कालीमाटी बल्खु हुंदै चोभार
३. सवारी साधन हुने आगरणिय बन्धुहरुले आ–आफ्नो सवारी साधनमा वा बन्धुहरुका बाईक वा कारमा बनभोजस्थल जान आग्रह गरिएएको छ ।
४. सवारी साधन हुनुभएका एक्लै हुनुहुने वा आफ्नो सवारी साधनमा सीट खाली भई बनभोजस्थल जानुहुने बन्धुहरुलाई अन्य सवारी साधन नहुनुभएका बन्धुहरुलाई लिएर बनभोजस्थल जान अनुरोध, कसैले सम्पर्क नगर्नुभएमा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तह कार्यसमितिका बन्धुहरुलाई सम्पर्क गर्न अनुरोध !
५. अन्य कुनैपनि कुरा लागेको भए बनभोज कार्यक्रममा उपस्थित भई कुरा राख्न सकिने
६. बनभोजमा धेरै नै बन्धुहरुले कुपन लिईसक्नुभएको हुंदा जो बन्धुहरु सहभागी हुन सक्नुभएन, उहांहरुले बनभोज कार्यक्रम मिस गर्नुभएको उहांहरुले महसुश गर्नुहुने छ
७। एउटा जिल्लामात्र नभएर ७७ वटै जिल्लाका बिशेशगरी काठमाण्डौ उपत्यका बस्नुहुने आदरणिय कौडिन्य गोत्रीय आचार्य बन्धुहरुको साझा कार्यक्रम भएको हुंदा र धैरै जिल्लाबाट प्रतिनिधित्व हुने निश्चित भएको हुंदा सबैलाई उपस्थितिका लागि पुनः हार्दिक आह्वान गरिएको छ ।
७। क्याट्रिगंको ब्यवस्थापनको लागि सहज होस भन्ने हेतुले अग्रिम रुपमा कुपन सुरक्षीत गर्न अनुरोध गरिएको छ, बिहान ८.०० बजेदेखी बेलुकी ८.०० बजेसम्म कार्यालय खुल्ने हुंदा कार्यालयमा आएर कौडिन्य गोत्रीय आचार्य, छोरी–बुहारी–बहिनी–ज्वाई–दिदी–भिनाजु–भान्जा–भान्जीले कुपन लिन सक्नुहुनेछ ।
८. कुपनको रकम लिएपछि कुपन लिन नबिर्सन र कुपन सुरक्षीत राख्न अनुरोध गरिएको छ ।
९. बनभोजलाई सफल बनाउन अन्य कुनै सरसल्लाह तथा सुझाव तथा सकृयताको ईच्छा भएमा शुक्रबार बेलुकी ठीक ५ बजे नीयमीत बैठक बस्नेछ र उक्त बैठकमा उपस्थित भएर सल्लाह दिन लिन सकिनेछ ।
१०. समयमा उपस्थिति नभएमा बनभोज स्थलमा आफैं उपस्थित हुन अनुरोध गरिएको छ ।
११. सबै बन्धुहरुको समान अस्थित्व हुनेछ, सबैले यो आफ्नो कार्यक्रम भएको बुझि उपस्थित हुन तथा उपस्थित गराउन तथा सुचना दिन अनुरोध गरिएको छ।