कर्णाली प्रदेश

कर्णाली पुलमा आंशिक क्षति, आवतजावत बन्द

२९ फागुन, कैलाली । हिजो सोमबार भएको आगलागीबाट आंशकिरूपमा क्षति भएपछी कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरएिको छ । प्रावधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डभिजिन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ककसपोट’ डोरीमा आंशकि क्षती पुगेको छ ।

पुलमा तत्कालका लागी यातायात आवागमन बन्द गरएिको सडक डभिजिन कार्यालय नेपालगञ्जका इन्जनियिर नीरज शाक्यले जानकारी दिए । उनले भने, “हामी घटनास्थलमा राती नै पुगसिकेका छौँ । आज बहिान अर्को प्रावधिकिको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथी सवारी आवागमन बन्द गरेका छौँ ।”

कर्णाली पुलबाट सवारी आवागमन बन्द गरएिपछी सुदूरपश्चमिका वभिन्नि जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ती पुलबाट बर्दयिा तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरएिको इलाका प्रहरी कार्यालय चसिापानीका प्रहरी निरीक्षक हररिाम डाँगीले बताए । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चमि प्रदेश भत्रिनिे सवारीसाधनलाई नेपालगञ्ज र बर्दयिा हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले बताए ।

कर्णालीको पुुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चमितर्फ जादै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडबिाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दयिाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछ िराती ९ बजे पूर्णरूपमा नयिन्त्रणमा आएको प्रहरी निरीक्षक डाँगीले बताए । आगो नयिन्त्रणपछी जलेको ट्रकसमेत राती नै लम्कीचुहा नगरपालकिाको डोजर प्रयोग गरी हटाइएको छ ।

आइतबार अपराह्न वीरगञ्जबाट लाइटर एक हजार एक सय कार्टुन लिएर हिडिँको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले बताए ।

उनले भने, “हामी अपराह्न बर्दयिा राष्ट्रयि नकिुञ्जको चसिापानी चेकपोष्टमा पुगेका थियौँ । त्यहाँ चटि दएिर अगाड िबढ्याँै । गाडीमा लोड भएकाले हामी ४०–५० को गतमिा नै गाडी चलाइरहेका थयिौँ । पुलको नजकि पुग्दा गाडीको गत ि८ देखी १० को मात्र थयिो ।”

चालक जोशीले भने, “चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अङ्कल ट्रकमा आगो भन्दै चच्यिाउँदा तल झरेर हेर्दा पछाड िआगो लागेको थाहा भयो, हामी आत्तियौँ ट्रक थोरै पछाडी बस भएकाले पुल बाहिर नकिाल्न सकिएन ।”

पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शविओम इन्टरप्राइजेजको भएको ट्रकचालक जोशीले बताए । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धरिज जोशी रहेका थएि । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपलिवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार पनी जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजारबराबरको क्षती भएको छ । क्षतिको अन्य वविरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको छ । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेको लम्कीचुहा नगरपालकिा–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताएका छन् ।