राजनीति

गुण्डागर्दी गर्ने, धम्की दिने, कर छल्ने, गैरकानूनी चन्दा अशुली गर्ने, तस्करी गर्नेलाई कारबाही गर्दा आफुलाई नसोध्न गृहमन्त्रीको आग्रह

२९ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेले देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन भनेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो भन्दै प्रहरीलाई निर्देश्न दिएका छन् । लामिछानेले तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् भन्दै प्रहरीलाई आफ्नो आदेशको पछि नलागी अपराधीलाई कानून बमोजीम कारबाही गर्न भनेका छन् ।

उनले भनेका छन्:

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरुलाई मेरो अपिलः
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!