समाचार

आचार्य समाज चितवनको सभापतिमा शंकर आचार्य चयन, छिट्टै कार्यसमिति पूर्ण गर्ने प्रतिबद्धता

१ चैत्र, काठमाडौँ । आचार्य बन्धु समाज नेपाल चितवन जिल्लाको अध्यक्षमा शंकर प्रसाद आचार्य चयन भएका छन् ।
राप्ती नगरपालीका वडा नम्बर ४ डडुवा निवासी समाजसेवी आचार्यलाई, आचार्य बन्धु समाज नेपालले चितवन जिल्ला अध्यक्षमा चयन गरेको हो ।


काठमाडौंपछि बागमती प्रदेशको महत्वपुर्ण जिल्लाको रुपमा रहेको चितवनमा ७७ वटै जिल्लाबाट आई बसोबास गर्ने कौडिन्य गोत्रीय आचार्यहरु रहनुभएको अध्यक्ष शंकर आचार्य (९८४५९३१६८०)ले बताए ।


उनले छिट्टै नै चितवनको कुनै स्थानमा कौडिन्य गोत्रीय आचार्यहरुको भेला गरी जिल्ला समितिलाई समाजले दिएको समयभित्रै पूर्णता दिने बताए । आजै २५ हजार १५१ रुपैँयाको समाजको नाममा काटिएको ‘अकाउण्ट पे’ चेक कोन्द्रीय प्रवक्ता रामहरी आचार्यलाई हस्तान्तरण गरी समाजको बिशिष्ट सदस्यसमेत बनेका छन् ।

आजै केन्द्रीय कार्यालय काठमाडौंमा केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले शंकर प्रसाद आचार्यलाई चितवन जिल्लाको सभापतिमा चयन गरेको पत्र हस्तान्तरण गरेका हुन् ।


बिश्वभरका आचार्यहरुलाई समाजमा जोडिएर समाजलाई बिश्वस्तरको राम्रो संस्था बनाउन सहयोग गर्न उनले आह्वानसमेत गरेका छन् । समाजले उनलाई तीन महिनाभित्र अधिवेशन गरी कार्यसमितिलाई पूर्णता दिन म्याण्डेट दिएको छ ।