१ चैत, काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले २१ पौष गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर १ सय अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरिएको हो ।
मध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २ सय जना शेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४ सय ६१ कित्ता हकप्रद शेयर मिती हिजो बुधबार निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरिएको छ ।