१२ चैत, काठमाडौँ । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू डा.कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।