मौसम

कस्तो रहला त आजको मौसम ?

१३ चैत, काठमाडौँ । आल नेपलमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका रहेकाले देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ र बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागका बताएको छ ।