आर्थिक

आइएमई पे मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस

१३ चैत, काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन दस गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म रहने छ । यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय सम्म बोनस पाउने कम्पनीले जनाउको हो ।

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पे’मार्फत संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सकिन्छ ।