सामाजिक सञ्जाल

देश र जनताको हित र चहाना विपरीत संसारमा देशमा कतै छैनः नेता रावल

२२ चैत, काठमाडौं । नेकपा एमालेका नेता एवम् पुर्व गृहमन्त्री भीम रावलले देश र जनताको हित र चहाना एवं संविधान विपरीत नेपालमा भइरहेको चरम सत्ता स्वार्थको निर्लज्ज राजनीति संसारमा संविधान भएको स्वतन्त्र, सार्वभौम र स्वाधीन देशमा कतै छैन भनेका छन् ।

उाले भनेका छन्:

देश र जनताको हित र चहाना एवं संविधान विपरीत नेपालमा भइरहेको चरम सत्ता स्वार्थको निर्लज्ज राजनीति संसारमा संविधान भएको स्वतन्त्र, सार्वभौम र स्वाधीन देशमा कतै छैन । शहीदहरूको वलिदान र जनताको संघर्षको उपहास राजनीति र राज्यको बागडोर सम्हालेकाहरूले नै गर्नु दुःख र चिन्ताको कुरा हो।