आर्थिक

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

२२ चैत, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तमिान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रततिोला रु एक हजारले वृद्धी भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रततिोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य नर्धिारण भएको छ । 

तेजाबी सुन बुधबार प्रततिोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागी भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य नर्धिारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धी भएको छ । बुधबार प्रततिोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागी भने रु एक हजार छ सय ५० बराबरको मूल्य नर्धिारण भएको छ ।