आर्थिक

आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. का चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

२६ चैत, काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. का चिफ मार्केटि∙ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको थिए ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटि∙ अफिसरको रुपमा नियुक्त भएका छन् । नवनियुक्त चिफ मार्केटि∙ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आबद्ध थिए।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्स कं लिमिटेडमा प्रदेश प्रमुख शाखा प्रमुख को रुपमा काम गरेको अनुभव रहेको छ।