राजनीति

जनतामा आशा जगाउने काम मात्र गर्छौंः मन्त्री गिरि

२६ चैत, लेखनाथ (कास्की) । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामीला मन्त्री पदम गिरिले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन्।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजति पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरिले भने- “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति  जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति  हेर्ने दृष्टककाेण परविर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनातामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियाे । 

देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्णमाणाधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि  बढ्ने भन्ने बारेमा सरकार चन्तिति रहेको मन्त्री गिरिले बताए । उनले भने, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृिद्ध  ल्याउन सरकार सक्रयि भएर लाग्छ ।” 

सङ्घीय सरकारद्वारा अधकिांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समतिलिाई सक्रिय बनाउँदै छिटाे भन्दा छिटाे  सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरि बताउछन् । ऐन कानुन नर्मिाण गर्दा नेपाली जनताका सुझाव पिन  सङ्कलन गर्ने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि  उनले दिए । 

वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबनि समिति  गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरिले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए । “संसदीय छानबनि सिमिति  सहकारीको हिसाब कतिाब मामिला उन िहँड्ने हैन, त्यो अधकिार राज्यका अन्य निकायलाई छाडौँ”, उनले भने, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।”