पर्यटन/संस्कृति

पोखराका होटलमा पर्यटकको बढयो चहलपहल

२६ चैत, गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरकि तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतशितसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

“शुक्रबार-शनबिार त होटलको अकुपेन्सी ६० प्रतशितसम्म पनि पुग्छ”, उनले भने, “नयाँ वर्षका बेला ९० प्रतशितभन्दा माथी पुग्ने हाम्रो अपेक्षा छ ।” पर्यटनका लागी अफ सजिन’ माननिे गत पुस-माघमा पोखराका होटलको ॅअकुपेन्सी’ दस प्रतशितभन्दा कममा सीमति थिए । नयाँ वर्षलाई लक्षति गरेर लेकसाइडमा ॅ१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरएिकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ । 

महोत्सव अवधमिा होटलमा ३० प्रतशित छुटको व्यवस्था मलिाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनकि ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । “अहिले दैनकि औसतमा २० हजार आन्तरकि तथा बाह्य पर्यटक पोखरामा छन्”, उनले भने, “यहाँ रहेका १२ सयभन्दा बढी होटल भरभिराउ हुन दैनकि ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।”

यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफरिका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि वभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बतिाउने गरेको अध्यक्ष सुवेदीले बताए । पोखरा पर्यटन परषिद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनकि डेढदेख िदुई सयसम्म भारतीय नजिी सवारीसाधन पोखरा भत्रिरिहेको बताए । 

“हवाईमार्ग र सार्वजनकि सवारीसाधन प्रयोग गरेर आउने पनि उत्तिकै छन्”, उनले भने

े, “पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् ।”

पोखरा  आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतशित मुक्तिनथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा भत्रिने वदिेशी पर्यटकको यकनि तथ्याङ्क भने कुनै पनि नकिायसँग नरहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवस्थति प्रचारप्रसार र प्रवद्र्धन गर्न सके पोखरामा वार्षिकि २० लाख भारतीय पर्यटक भत्रिाउन सकनिे बताए । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबनि कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतशित अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अङ्ग्रेजी महिना मार्चमा ३० हजार एक सय ९९ वदिेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थएि । 

जसमध्ये दक्षणि एसयिाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना थिए । अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षणि एसयिाली मुलुकका पर्यटकमध्ये ९० प्रतशित जति भारतीय हुने गरेको प्रमुख डा कडरियाले बताए। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । 

“वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भत्रिने पर्यटकको संख्या अझै बढ्छ”, उनले भने, “असोज-कात्तकि र चैत(वैशाखको याम पदयात्रा पर्यटनका लाग िउत्तम मानन्छि, पदयात्रामा आन्तरकि पर्यटकको पनि  आकर्षण बढ्दो छ ।” अन्नपूर्ण चक्रीय पदमार्ग वश्विभरका पदयात्री पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ॅएक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भत्रिएिका थएि । 

जुन संख्या हालसम्मकै बढी हो । त्यसअघी सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थएि । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शविरि, मर्दी हिमाल, घान्द्रुक, मनाङको लचिलाे ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन् ।