समाचार

काठमाडौँमा राप्रपाको प्रदर्शन, प्रहरी हस्तक्षेपछि माग्यो गृहमन्त्रीको राजीनामा

२७ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण लिन सामान्य बल प्रयोग भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागसमेत गरेको छ ।