राजनीति

०४७ साल भ्रष्टाचार गरी अकुत सम्पति कमाउनेलाई कडा कारबाही गर्न महामन्त्री गगन थापाको प्रस्ताव

२७ चैत, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले काँग्रेस एमाले, माओबादी रास्वपा जुन पार्टी भएपनि ०४७ सालदेखीको सम्पती र भ्रष्टाचार छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
उनले भिडियो सन्देश दिँदै बिराएको मान्छे डराउने भन्दै आयोग बनाएर छानबिन गरेपनि संसदीय समिति बनानएर छानबिन गरपनि काँग्रेस तयार रहेको बनले बताए ।
उनले रास्वपाले उठाएको मागलाई सही भएको भन्दै उक्त सबैको सम्पती छानबिन गर्नुपर्ने कुरामा अर्का महामन्त्री विश्वपप्रकाश शर्माले सहमती गरिसकेको भन्दै कानुनमा भ्रष्टाचारको हदम्याद ५ बर्षको हुने कुरा गलत भएको भन्दै सार्बजनिक पद धारण गरेको ब्यक्तीलाई कशुर प्रमाणित भएमा कानूनमा संसोधन गरी भ्रष्टाचारमा हदम्याद लगाउन नहुने बताए । उनले नीतिगत निर्णयमा पनि फायल खोल्न तयार हुनुपर्ने भन्दै आफुले संसोधन प्रस्ताव दर्ता गरिसकेको बताए । उनले जो भएपनि जति शक्तीसाली भएपनि ठुला काण्डमा लागेका सबैलाई कडा कारबाही गर्न ढिला गर्न नहुने बताए ।
उनले सहकारीहरु दैनिक रुपमा ठगीमा लागेको समाचार बढीरहेकोले जिम्मेवार ब्यक्तीहरु कसकसको संलग्नतामा कसरी ठगी भयो ? मन्त्रालय, बिभागहरुले कुन प्रकारको गल्ती गरे, नयाँ वा पुरानो दल जो भएपनि छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।