समाचार

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतिय गाडी व्यवस्थापन सम्बन्धि तालिम प्रदान

२९ चैत, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतिय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ ।

तालिममा विद्युतिय गाडी सम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानिहरुका बारेमा बिस्तृत रुपमा जानकारी गराईएको थियो ।

यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कायक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए । तालिम पश्चात सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

साथै यस कार्यक्रममा सहभागी भई विद्युतिय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्राप्त गर्नुहुने ट्राफिक प्रहरीहरुलाई सिप्रदीका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।