स्वास्थ्य

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी अस्पतालः जनताको विश्वास जित्न सफल

२९ चैत, काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पताल एक विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल हो । सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालन सम्वन्धी अन्तराष्र्टि«य मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ । सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकिय सेवा प्रदान गर्दै स्वास्थोपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य हो । कोभिड–१९ महामारीले देशको समग्र स्वास्थ्य पूर्वाधारलाई नै ठूलो दवाव दिएको समयमा यस अस्पतालले विश्वस्तरीय सेवा प्रदान गर्दै जनताको विश्वास जित्न सफल भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठ्न पाठन भईरहेको छ । क्रिटिकल केयर नर्सिङ्गको तालिम नियमित रुपमा भईरहेको छ । यसका साथै चिकित्सा विज्ञान सम्वन्धी विभिन्न विषयहरुमा अनुसन्धान तथा शोध–पत्र प्रकाशित भएका छन् ।
आजको दिनमा मुलुकको स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या तथा चुनौतीहरु विद्यमान रहेका छन । जनस्वास्थ्य संगै प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरुको बारेमा बृहत छलफल तथा बहस आवश्यक रहेको छ । तसर्थः ह्याम्स अस्पतालले नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोधगर्दै प्रत्येक वर्ष अस्पतालको वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक हितको लागि “स्वास्थ्य सवैको सरोकार”भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही अनुरुप यही २०८० साल चैत्र ३० गते विहान १०ः३० बजे देखि होटल अकामा, धुम्वाराहीमा “संवाद श्रृङ्खला–१”संचालनगर्न लागेको छ ।