शिक्षा

त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

१ बैसाख, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा सनिबर क्रमशः प्रा डा खड्ग केसी र प्रा डा केदार रिजाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति प्रा डा केशर बरालको सिफारिसमा सो नियुक्ति गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।