८ वैशाख, काठमाडौँ । कौण्डिन्य गोत्रीय महासमाजले आफ्नो प्रकाशित २०८१ सालको क्यालेण्डर केन्द्रीय कार्यालयमा विमोचन गरेको छ ।
महासमाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले कार्यसमितिको बैठककाबिच विमोचन गरेका छन् । महासमाजका महासचिव नारायण प्रसाद न्यौपानेले सात प्रदेश, १२ वटा सहसमाज, एबम् कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमार्फद बिश्वभर बस्ने आचार्य, न्यौपाने, पराजुली, साप्कोटा, बाँस्कोटा, त्रिताल, लकाई खड्का, ग्रह्रे, बन्जारा बन्जाडे, पाठक, प्याकुलेल, चिमोरिया, पनेरु, हमाललगायत सबैलाई समानुपातिक रुपमा निःशुल्क वितरण गरिने जानकारी दिए ।
कार्यक्रम भब्य रुपले गर्ने भनिएपनि क्यालेण्डर बिमोचनमा अनावश्यक भीडभाड गरेर खर्च बढाउनेतिर समाज लाग्न नहुने भन्दै यसलाई कार्यसमितिको सामान्य बैठकबाटै विमोचन गरिएको र आगामी दिनदेखी महासमाजलाई गतिदिन सबै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सकृय भएर लाग्ने आफुलाई विश्वास लागेको अध्यक्ष आचार्यले कार्यक्रममा बताए ।
कार्यसमिति बैठकमा महासचिव न्यौपानेले तिनपटक भन्दा बढी उपस्थित नभए कार्यसमितिले उपस्थित नभएका पदाधिकारी तथा सदस्यहरुलाई हटाउन सक्नै बैधानिक ब्यवस्थाभएअनुसार पटक पटक बैठक बोलाउन उपस्थित नभएका पदाधिकारी तथा सदस्यहरुले समय नभएमा राजीनामा दिएर अर्को ब्यक्तीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरे । उनले राजीनामा नदिएमा महासमाजको कामलाई चुस्त दुरुस्त बनाउनुपर्ने बाध्यता भएको हुँदा समय दिन नसक्ने गोत्रीय बन्धुहरुलाई हटाएर सहसमाजको समन्वयमा नयाँ ब्यक्तीलाई समाजले जिम्मेवारी दिनुपर्ने बाध्यता हुनेकुरालाई गम्भीरताका साथ बुझिदिनहुन अनुरोध अधयक्ष आचार्यले गरेका छन् ।
बैठकमा आमन्त्रित सदस्य मधेष प्रदेश अध्यक्ष विमल न्यौपाने, शसस्त्र प्रहरी उपरीक्षक कमल चन्द्र गैरेलगायत कौण्डिन्य गोत्रीय बन्धुहरुको उपस्थिति रहेको थियो ।