समाचार

आचार्य समाजको क्यालेण्डर बिमोचन गर्दै बाबुरामले भने, ‘अनावश्यक गफ र सल्लाह भन्दा सामाजिक काम गर्नुहोस्’

८ वैशाख, काठमाडौँ । आचार्य बन्धु समाज नेपालले आफ्नो प्रकाशित २०८१ सालको क्यालेण्डर केन्द्रीय कार्यालयमा विमोचन गरेको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले कार्यसमितिको बैठकका बिच विमोचन गरेका छन् । समाजले आज समाजको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा क्यालेण्डर विमोचन गरेको हो ।

प्रवक्ता रामहरि आचार्यले पछिल्लो समय आचार्य समाजले द्रुत गतीमा आफ्ना कृयाकलाप अगाडी बढाईरहेको र उक्त कार्यका लागि समाजका प्रदेश, जिल्ला तथा स्थानीय तहमा निर्मित समाजलाई आँखा चिम्लेर साथ दिन आह्वान गरे ।

समाजका अध्यक्ष आचार्यले देशभर सबै प्रदेश, जिल्ला, स्थानीय तहसम्म क्यालेण्डर पुर्याईने र उक्त कार्यका लागि सम्बन्धित प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारीले उपल्लो निकायमा सम्पर्क गरी क्यालेण्डर प्राप्त गर्न अनुरोध गरेका छन् ।


उनले आचार्य बन्धु समाज नेपाललाई कौडिन्य गोत्रीय आचार्यहरुको सल्लाह वा ठूला गफ भन्दा पनि समाजले ल्याएका कार्यहरुको सफलताका लागि बैठक तथा कार्यक्रमहरुमा सहभागीताको जरुरी भएको बताउँदै चितवन जिल्ला, सिँधुली जिल्ला, नुवाकोट जिल्लाको आचार्य समाजले आचार्य समाजको संगठन बिस्तारमा उत्कृष्ट कार्य गरेको भन्दै अन्य जिल्ला तथा स्थानीय तहले पनि समाज प्रवर्धन सम्बर्धन तथा विस्तारका लागि लागि परेर काम गर्नुपर्ने भन्दै अनुरोध गरेका छन् ।


उनले रक्तदान, टोल–खोला-नाला सरसफाई जस्ता सामाजिक कार्यक्रमहरु गरेर समाजलाई सकारात्मक रुपमा चिनाउन लागि पर्न सबै मातहतका समितिहरुलाई निर्देशन दिँदै केन्द्रले मात्र सबै काम गरोस् भन्ने प्रवृति त्याग्न आग्रह गरे ।


आचार्य बन्धु समाजले केही अगाडी मात्र काठमाडौंको चोभारमा बृहत बनभोजको आयोजना गरेको थियो भने नयाँ सालको उपलक्षमा क्यालेण्डर प्रकाशन गरेको छ ।

आजको बैठक तथा क्यालेण्डर बिमोचन कार्यक्रमले आजीवन सदस्य दिल बहादुर आचार्यलाई दोलखा-काठमाडौं सम्पर्क समितिकाे अध्यक्षमा चयनसमेत गरेको छ । कार्यक्रममा सभापतिमा नियुक्त भएका दिल बहादुर आचार्यलाई अध्यक्ष तथा केन्द्रीय समितिका सदस्यहरुले टिका तथा खादा लगाएर बधाईसमेत दिएका थिए ।

केन्द्रीय अध्यक्ष आचार्यद्वारा कौण्डिन्य गोत्रीय महासँघको क्यालेण्डर विमोचन