समाचार

बझाङ उपनिर्वाचनः काँग्रेससँग कडा टक्करकाबीच एमालेका भण्डारी विजयी

१७ वैशाख, चैनपुर (बझाङ) । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजय भएका छन् ।


पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  ११ सय ३४६, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेका छन्  । 

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।