समाचार

सीधा कुराको सिरोहिया, थापासहितको बिबादित भिडियो २४ अण्टाभित्र हटाउन सर्बोच्चको आदेश

१७ वैशाख, काठमाडौँ । सर्बोच्च अदालतले कान्तिपुरका अध्यक्ष कैलास शिरोहीया, अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहित ४ सयजनाको बिषयमा राखेको सीधा कुरा डट कमको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।


न्यायधिशद्वय डा नहकुल सुबेदी र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले स्टिङ अपरेसनसम्बन्धी भन्दै सीधाकुराको युट्युवमा राखिएको भिडियो हटाउन आदेशात्मक निर्देश्न दिएको हो । कान्तिपुर समुहका अध्यक्ष कैलास सिरोहीया र क्याप्टेन रामेश्वर थापालगायत आरोपीले मानहानीको मुद्धा सर्बोच्च अदालतमा गरेका थिए ।