राजनीति

काँग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक २८ गतेलाई सर्यो

२७ बैसाख, काठमाडौँ । आज दिनको १ः०० बजे नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दिनको २ः०० नेपाली कांग्रेस संसदीय दलको बैठक भोलीलाई सरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले नयाँ बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हालमा बस्ने भनिएकोमा पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य माननीय सूर्यमान गुरुङको २०८१ बैशाख २५ गते असामयीक निधन भई आज २०८१ बैशाख २७ गते अन्त्येष्टि गरिने हुँदा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक २०८१ बैशाख २८ गते विहान ८ः०० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक २०८१ बैशाख २८ गते विहान ८ः३० बजे बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको जानकारी गराएको छ ।