समाचार

बालमन्दीर घोटाला प्रकरणः रिता सिंह बैद्यसहित २० जनाबिरुद्ध सिआईबीको पक्राउ पुर्जी

२७ बैसाख, काठमडाैँ । बालमन्दीर जग्गा हिनामिना प्रकरणमा २७ बर्ष अध्यक्ष रहेकी रिता सिंह बैद्यसहित २० जनाबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

आज काठमाडौं जिल्ल अदालतबाट पक्राउ पुर्जीको स्वीकृति लिएपछि प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो ठगीको कशुरमा अनुसंधान शुरु गरेको छ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रहेकी सिंह २०४८ सालपछि बनेको सरकारले नियुक्त गरेकी अध्यक्ष हुन् । २०७२ सालमा नै बाल मन्दीरको २९ रोपनी ४ आना जग्गा २०८८ सालमा म्याद सकिने भएपनि पुनः ४३ बर्षका लागि भाडामा दिएर सरकारी जग्गाको अपचलन भएको थियो ।
बृहस्पति बिद्या सदनलाई जम्मा बार्षिक ९० लाख भाडा तिर्नेगरी लिजमा दिईएको भएपनि उक्त बृहस्पतिले राई स्कुललाई ६० लाखमा केही जग्गा भाडामा लागएको खुलेको छ । यस बिषयमा सिआईबीले कडा रुपमा अनुसंधान गरिरहेको छ ।