समाचार

जोशी र ढकाल यसरी भए एआईजीमा बढुवा

२७ बैसाख, काठमाडौं । प्रहरी नायव महानिरिक्षक उमेश जोशी र भीम ढकाललाई सरकारले प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा गरेको छ ।
आजको मन्त्री परिषद बैठकले यस अघि बढुवा समितिले सिफारिस गरेका ढकाल र जोशीलाई एआईजीमा बढुवा गरेको हो ।
उनीहरु बढुवा भएको सरकारका प्रवक्ता एबम् सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले पुष्टी गरेकी छन् । आइजीपी बसन्त कुँवर बाहिर गएको बेला बढुवा गरिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको केही बिरोधसमेत भएको थियो ।