राजनीति

संघ र प्रदेश सरकार धेरै नै कमजोर भएका कारण न्याय क्षेत्रको सकृयता बढ्योः वरिष्ठ नेता डा कोईराला

३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने लाईनमा भएको बताएका छन् ।
आजको प्रजातान्त्रीक विचार समाजको एक कार्यक्रममा बोल्दै ‘एमाले ७६(३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ (३) मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न’ भनेका छन् ।
डा कोईरालाले प्रदेश र संघका सरकारहरु कमजोर भएका कारण न्याय क्षेत्रको सकृयता बढेको स्वीकानुपर्ने बताउँदै न्याय क्षेत्रको बढी सकृयताले संबिधानलाई घाटा हुने बताए ।
उनले संघ र प्रदेश कमजोर भएकोमा दुःख मानेको भएपनि स्थानीय तह भने बलियो भएको संकेत गरेका छन् । त्यसमा स्थान्ीय तह बलियो भएकोमा खुशी ब्यक्त गरेपनि संघ र प्रदेश कमजोर भएकोमा सचेत हुनुपर्ने विचारसमेत ब्यक्त गरे ।

उनले भने “अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्नसक्ने अवस्थामा छैनौँ । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ । यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली काँग्रेसले । साथीहरुले एउटा कुरा भन्नुभयो, तपाईंहरुले गृहमन्त्रीलाई बोल्न दिनुभएन । बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा।रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमँ छ । तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । यो क्लियर हुुनुपर्छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो । लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ति आफ्ना ठाउँमा छन् । हामीले केही भनेको छैन ।”

डा काेइरालाले भने, ‘रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन । छानबिन समिति बनाउनुस् भनेका छौँ । गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटकपटक आएको छ । उहाँले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नुहन्छ रु यो कुरामा सत्ता पक्षका साथीहरु, दलहरु स्वीकार्ने पक्षमा देखिनुभएको छैन । यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ । पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, काँग्रेसले सदनमा राखेको हो । कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली काँग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’