३ जेठ, काठमाडौं । पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौ बस्ने अमरजीत कुमारको श्रीमती वर्ष २२ की आरती कुमारीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची मारी फरार भई हाल देश भारत पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेको थिईन् ।
पर्सा जिल्ला अदालतबाट मिति २०८०।०७।१९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भई प्रतिवादी आरती कुमारी पर्साको विरगंजमा घुमफिर गरिरहेको भनि बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मिति २०८१।०२।०१ गते १५ः०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १३ मा फेला पारीएको हो । अदालतबाट जारी भएको पक्राउ पुर्जी दिई आवश्यक कारबाहीको लागि कार्यालयमा लगी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।