राजनीति

रविले बोल्न पाएनन्, बैठक शुक्रबारलाई सर्यो, सहकारी ठगी छानविन गर्न समिति बनाउनुपर्ने काँग्रेसको अडान यथावत

३ जेठ, काठमाडौं । आजको प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगीत भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले नेपाली काँग्रेसँगको सहमतीबिनै बोल्न दिन खोजेपछि काँग्रेस र एमालेबीच धकेला धकेलको अवस्था श्रृजना भएको थियो ।
नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको सहकारी ठगीको छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै संसद अबरुद्ध गर्दै आएको छ भने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले साासदमा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
यसैबीच नेकपा एमालेले पनि रवि लामिछानेलाई साँसदमा बोल्न दिनुपर्ने भन्दै आएको छ । यसै अवस्थामा काँग्रेस रविलाई बोल्न रोक्ने र एमाले बोल्न दिने भन्ने बिषयमा धकेला धकेल हुदै झडपको अवस्था श्रृजना हुन लागेको अवस्था थियो । सभामुखले यस्तै अवस्थाका बापदुत संसद बैठक शुक्रबारका लागि सारेका छन् ।
नेपाली काँग्रेसका साँसदहरुलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी र लोसपाका साँसदहरुले समेत अवरोध गरे ।
काँग्रेस साँसदहरुले सहकारी ठग रवि लामिछानेलाई कारबाही होस् जस्ता नारा समेत उक्त सँसद बैठकमा लगाएका थिए । डाको छाडेर सामाजिक संजालमा बोल्न दिनुस् न मलाई भनेपनि रबि लामिछानेले बोल्न भने आज पाएनन् । दलहरुबीच सहमती भए आउँदो बैठकमा बोल्न पाउने सम्भावना रहेको छ । काँग्रेसको अडान कायम छ, संसदीय छानविन समिति नबने बोल्न दिँदैनौ ।