समाचार

काठमाडौं महानगरलाई फुटपाथ ब्यापारी हटाउँदा रोजगारीको कार्ययोजना पेश गर्न पुनः आदेश जारी

४ जेठ, काठमाडौँ । सर्बोच्च अदालतले काठमाडौं महानगरलार्ई पुनः ध्यानाकर्षण गराएको छ । महानगरलाई आज अदालतले एक बर्ष अगाडी गराएको ध्यानाकर्षण नमानेको भन्दै पुनः ध्यानाकर्षण गराएको बताएको छ ।

आज न्यायधीशहरु शारंगा सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले १५ दिनको म्याद दिँदै सर्वोच्चको इजलासले उच्च प्राथमिकता दिएर सुनुवाइको मिति नै निर्धारण गर्दै यसअघि ०८० वैशाख २४ गते कार्ययोजना पेस गर्न आदेश जारी गरेकोलाई जेठ २८ गते जानकारीसमेत गराएको थियो ।
सर्वोच्चले ०८० वैशाख २४ को आदेशानुसार फुटपाथ व्यवसायमाथि तीनै तहका सरकारको दृष्टिकोण, भविष्यको कार्ययोजना साथै कार्ययोजनाको सफल कार्यान्वयन गर्न अवलम्बन गरिने नीति कार्यक्रम र सरोकारवाला निकायहरुसँगको सहकार्य र समन्वयको विवरण समेटिएको कार्ययोजना बनाउनू भनी आदेश जारी गरेको छ ।