समाचार

आचार्य समाजः जयनारायणका सन्तानका ८ पुस्ते बंशावली त्रिभूवन पार्कमा भब्य रुपमा बिमोचन

५ जेठ, काठमाडौं । आचार्य सेवा समाजले आज एक वंशावली बिमोचन गरेको छ । समाजले थानकोटको त्रिभूवन पार्कमा एक बनभोज कार्यक्रमको आयोजना गरी आफ्नो ८ पुस्ता समेटेको बंशावली बिमोचन गरेको हो ।
समाजका उपाध्यक्ष ताराचन्द्र आचार्यको सभापतित्वमा भएको बनभोज तथा वंशावली बिमोचन कार्यक्रममार्फत आफ्नो बंशावली बिमोचन भएको हो । सचिव डोर प्रसाद आचार्यले स्वागत मन्तब्यसहित समाजले सानो कार्यबाट सुरुवाती गरेको भन्दै आगामी दिनमा आचार्यहरुलाई जोड्नका लागि आफ्नो स्थानबाट सकेको सहयोग गरेर अगाडी बढ्ने दृढता प्रकट गरेका थिए ।
सो अवशरमा समाजका सचिव डोर प्रसाद आचार्य, सहसचिव टंक आचार्य, कोषाध्यक्ष बिनोद आचार्यलगायत कार्यसमितिका सदस्यहरुले कार्यक्रम सफल बनाउन गमीका बापजुत पनि धेरै नै मेहेनत गरेका थिए । उक्त कार्यक्रममा दीनानाथ–नन्दमाया तथा पर्मिला आचार्य स्मृति समाज तथा आचार्य बनधु समाज नेपालका चितवन जिल्ला अध्यक्ष शंकर प्रसाद आचार्यले वंशावली तयार गर्नुहुने आचार्य समाजका बयोबृद्ध सदस्य जीवराज आचार्य, सचिव डोरप्रसाद आचार्य, कोषाध्यक्ष बिनोद आचार्यलाई धन्यबाद दिँदै बिश्वभर बन्दै गएको कौडिन्य गोत्रीय आचार्यहरुको संजाललाई बलियो बनाउन सबै आचार्यहरु लाग्नुपर्ने बताएका थिए ।
समाजको महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका आचार्य बन्धु समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले देशभर ५० जिल्लमा आचार्य समाजले जिल्ला समिति बिस्तार गरेको र बिभिन्न स्थानका फण्डै अढाई दर्जन बंशावली संकलन गरेको अवस्था भईसकेको जानकारी दिँदै बिश्वभर बस्ने आचार्यहरुको सरसल्लाहअनुसार सबै बंसावलीलाई एकीकृत गरी एकीकृत बंशावली निर्माण गर्न थालिसकेकोले आज बिमोचन गरिएको बंशावली पनि नयाँ एकीकृत बंशावली निर्माणका लागि ज्यादै महत्वपूर्ण हुने भन्दै वंशावली सकलकलगायत सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा ५२ घरका दुई सयको हाराहारीका कौडिन्य गोत्रीय आचार्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बहिनी–ज्वार्ई, दिदी–भिनाजू, भान्जा–भान्जी, छोरी, ज्वाई, नातीनापतनालगायतलाई समेत आमन्त्रण गरिएको थियो ।
आजको ८ पुष्ता अगाडीका गोदाबवरीका जयनारायणका सुपुत्र काभ्रेको गोठपानी गएका पृथ्वीबिलासका सन्ततीहरुकोमात्र बिबरण यस बंशावलीमा समेटिएको वंशावली बिमोचनका क्रममा बंशलता संकलकले जनाएका छन् ।