७ जेठ, काठमाडौँ। काठमाडौं महामनगरका मेयर बालेन शाहले जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन भनेका छन् ।
उनले ट्वीट गर्दै भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले भन्दै आक्रोश पोखेका छन् ।
उनले कडा रुपमा लेख्दै को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन भनेका छन् ।
मेयर शाहको ट्वीटः
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन !