सामाजिक सञ्जाल

सिरोहीया पक्राउ पर्नुमा गृहमन्त्री लामिछाने भन्दा प्रधानमन्त्री दाहाल, अझ धेरै दोषी छन्ः सुधीर शर्मा

९ जेठ, काठमाडौं । कान्तिपुर दैनिकका पूर्व सम्पादक शुधीर शर्माले कौन्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीया पक्राउको जिम्मेवार गृहमन्त्रीमात्र नभई प्रधानमन्त्री प्रचण्ड पनि हुन्, जो हाँसीहाँसी, आफूलाई ‘निरीह’ देखाई–देखाई अदृश्य अधिनायकवाद लाद्नेतर्फ उद्यत छन् भनेका छन् ।
उनले हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो भन्दै कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानवीन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिदैछ भन्ने भन्ने कुरा मुख्य हो यसो भनेका छन् ।
यनले गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजूरी हाल्न लगाएर बिनाछानविन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडियारनागरिकको मुख थुन्ने प्रयास हो भनेका छन् ।

शर्माको ट्वीटः

हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानवीन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिदैछ भन्ने भन्ने कुरा मुख्य हो ।

गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजूरी हाल्न लगाएर बिनाछानविन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडियारनागरिकको मुख थुन्ने प्रयास हो ।

भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएका व्यक्तिलाई थुनेर कार्वाही गरिरहनु नपर्ने अदालतको पूर्वआदेशविपरीत सञ्चारगृहमा सयौं प्रहरीको घेराबन्दी र हस्तक्षेपसहित गिरफ्तारी गर्नुले बदला लिने र दुःख दिने मनसाय प्रष्ट देखिन्छ । र, यसको जिम्मेवार गृहमन्त्रीमात्र नभई प्रधानमन्त्री प्रचण्ड पनि हुन्, जो हाँसीहाँसी, आफूलाई ‘निरीह’ देखाई–देखाई अदृश्य अधिनायकवाद लाद्नेतर्फ उद्यत छन् ।