सामाजिक सञ्जाल

प्रमुख निर्बाचन आयुक्तको कडा प्रश्नः ठगलाई ठग, चोरलाई चोर भन्न डराउनु पर्ने ?

९ जेठ, काठमाडौं । पूर्व निर्बाचन आयुक्त भोजराज पोख्रेलले ठगलाई ठग, चोरलाई चोर भन्न डराउनु पर्ने, सत्य कुरा लेख्ने र बोल्ने उपर चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने भन्दै कडा आक्रोश पोखेका छन् ।
उनले ट्वीट गर्दै जसले वढी लुटे–लुटाएकोछ उसैको हाईहाई हुने, ईमान्दारले लुक्नु र डराउनु पर्ने अनि फटाहा र वदमासले वाहवाही पाउने कस्तो समाज निर्माण गर्दैछौं हामी ? भन्दै प्रश्न गरेको छ।
यसले हामीलाई कहां पुर्याउला ?भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहीयालाई कान्तिपुरमा समाचार लेखेकै भरमा पक्राउ परेपछि प्रतिकृया दिएका छन् ।

उनको ट्वीटः

ठगलाई ठग, चोरलाई चोर भन्न डराउनु पर्ने, सत्य कुरा लेख्ने र बोल्ने उपर चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने, जसले वढी लुटे–लुटाएकोछ उसैको हाईहाई हुने, ईमान्दारले लुक्नु र डराउनु पर्ने अनि फटाहा र वदमासले वाहवाही पाउने कस्तो समाज निर्माण गर्दैछौं हामी ? यसले हामीलाई कहां पुर्याउला ?