समाचार

काँग्रेससहितका बिपक्षी दलको बैठक मंगलबार बिहान

१४ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारका लागि बिपक्षी दलसँग बैठक डाकेका छन् ।

उनले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा कुरा नमिलेपछि सरकारको गतिबिधिकन बिरुद्धमा बिपक्षी दलको साझा रणनीति बनाउन मंगलबार संसदभवन नयाँ बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुलाई उक्त बैठकमा बोलाएका छन् ।
प्रमुख प्रतीपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै सदन र सडकबाट आन्दोलन गरिरहेको छ ।