राजनीति

रक्सी खाएर गाडी चलाउनेलाई दण्डस्वरुप स्वयम् सेवक ट्राफिकको काम लगाईने गृहमन्त्रीको उद्घोष

१५ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा ट्राफिक प्रहरीकोृ काममा लगाउने बताएका छन् ।
आज गणतन्त्र दिवहका दिन ट्वीट गर्दै महिला प्रहरीहरुलाई महिनावारी भएको समयमा ४ दिनका लागि छुट्टी दिँदै उक्त समयमा मादक पदार्थ सेवनसहीत अन्य ट्राफिक नियम उलंघन गर्नेहरुलाई ट्राफिक प्रहरीको कामको जिम्मा दिईने उद्घोष गरेका छन् ।
महिनावारी हुँदा ४ दिन बिदा दिने दिने निर्णयले महिला प्रहरीका लागि राम्रो भएको टिप्पणी सामाजिक सञ्जालमा हुन थालेको छ । ट्राफिक प्रहरीले अहिले भने रक्सी पीएर सवारी चलाउनेलाई दण्ड स्वरुप क्लास दिने गरेको अवस्था थियो ।

गृहमन्त्री रविको ट्वीट, स्टाटस्ः

गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:
अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ।